जसले कपिल शर्माको शो इन्कार गरे

४ बर्ष अगाडि

मुम्बई – चर्चित हास्यकलाकार कपिल शर्मा शोमा हरेक हप्ता सेलिब्रेटी गेष्ट हुने गर्दछन् । यो सोमा फिल्मदेखि खेलकुद तथा अन्य क्षेत्रसँग जोडिएका सेलिब्रेटी पनि आउने गर्दछन् । यो शोका गेष्ट बन्नका लागि बलिउडमा एक से एक हिट सेलिब्रेटी लालाहित हुने गर्दछन् । तर यस्ता सेलिब्रिटी पनि छन् जसले कपिल शर्माको निमन्त्रणलाई अस्विकार गरेका छन् । 

 एम एस धोनी 
सुशान्त सिंह राजुपत अभिनित बायोपिक फिल्म ‘ध्वनीः द अनटोल्ड स्टोरी’ को प्रोमोसनका बेला कपिल शर्माले महेन्द्र सिंह धोनीलाई शोमा बोलाएका थिए । निकै व्यस्त बताउँदै उनले कार्यक्रममा नआउने बताएका थिए । 

आमिर खान 
सलमान खान र शाहरुख खान कयौं पटक कपिल शर्मा शोमा देखिएका छन् तर बलिउडका शीर्ष तीन खानमध्ये आमिर खान भने कहिले पनि उक्त शोमा देखिएका छैनन् ।

सचिन तेन्डुलकर  
कपिल शर्माले कयौं पटक आफू क्रिकेट र सचिन तेन्डुलकरको ठूलो प्रशंसक भएको बताएका छन् । कपिलको शोमा विराट कोहली, युवराज जस्ता दिग्गज क्रिकेटर आएका छन् । तर सचिनले हरेक पटक शो इन्कार गरेका छन् ।

संजय दत्त 
अभिनेता संजय दत्त पनि कपिल शर्मा शोमा नदेखिएका कलाकार हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया