कृष्टिना र स्टेलालाई सिँगापुरमा अन्तराष्ट्रिय उपाधि

४ बर्ष अगाडि

काठमाडौं । बालबालिका सम्बन्धि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ । 
सिँगापुरमा गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएकोे ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधी जितेका छन् । 
सो फेस्टिबलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’ शिर्ष उपाधि जितिन् । ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समुहकी बिजेता हुन् ।
यस्तै ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले शिर्ष उपाधि जितिन् । ८ वर्षीया स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समुहकी बिजेता हुन् । उनी युलेन्स स्कुलमा कक्षा ३ मा पढ्दै छिन् । 
नेसनल किड्स अफ इयर २०१८कै उपबिजेता तथा र्याडिएन्ट रिडर्स एकेडेमकीका कक्षा ६ की यांशु श्रेष्ठले यो प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि जितिन् । नेपाल टिमकी ८ वर्षीया मिनाल केसीले बेस्ट स्माईल र ९ वर्षीया सुखी प्रधानले बेस्ट पार्टी वेयरको अवार्ड पाए । 
यी पाँचै जनालाई लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९ र मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९को आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीले सिँगापुर लगेको हो । दुई बालिकाको यो सफलता नेपालकै सफलता भएको इभेन्ट बेटर ग्यालेक्सीको अध्यक्ष धिरज तण्डुकारले मँगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा बताए । 
बिजेताहरुले पनि आफुहरुले लामो समयको मेहनत पश्चात एशियाका अरु देशका प्रतियोगीलाई जितेर उपाधि नेपाल ल्याएको पत्रकार भेटघाटमा बताए । उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए । अभिमन्यु शर्माले यो प्रतियोगिताको लागि व्यबस्थापन हेरेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया