विश्वकै बस्नलायकका शहर

४ बर्ष अगाडि

एजेन्सी – विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ ।

यो सर्वेमा राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको छ ।

सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।उत्कृष्ट दश भित्र अष्ट्रेलिया र क्यानडाका तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

सूचीको अन्तिममा भने गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस परेको छ । दमास्कसलाई बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची शहरले पछ्याइरहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया