तपाईँको कुण्डलीमा कतै एकभन्दा बढी विवाहको योग त छैन ?

४ बर्ष अगाडि

काठमाडौँ – विवाह, दुई महिला र पुरुषबीचको एक सामाजिक वा धार्मिक सम्बन्ध हो । जसले तिनीहरूकोबीचमा अधिकार र दायित्वहरू स्थापित गर्दछ । विवाहको परिभाषा केवल संस्कृति र धर्मकोबीचमा जोडेर पूर्ण हुँदैन । यो मुख्यतया एक संस्था हो जुन अन्तरक्रियात्मक सम्बन्ध रहन्छ र जहाँ यौन र सन्तान जन्माउन स्वीकार गरिन्छ । यतिमात्र होइन विबाह जीवनको एक महत्वपूर्ण पर्याय पनि हो जसले जीवनमा धेरै सम्बन्धहरु स्थापित गर्दछ । हरेक ब्यक्तिको विवाह उसको स्वभाव संस्कृति र आवस्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रहदशामा पनि निर्भर रहन्छ । ज्योतिस शास्त्रीय मान्यता अनुसार ग्रह नै ब्यक्तिको विवाहमा कारक बन्दछ । जस अनुसार कुनै पनि ब्यक्तिको कुण्डलीमा एक भन्दा बढी विवाहको योग हुन सक्दछ । कानुन अनुसार बहुविवाह वर्जित भए पनि हाम्रा समाजमा बहुविवाहका गरेकाहरु प्रशस्तै छन् । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रुपमा विश्वास पनि गरिन्छ ।

आउनुहोस् जानौँ ब्यक्तिको कुण्डलीमा वहुविवाहको योग कुन ग्रह दशाका कारण बन्छ ?

१- जुन ब्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छ र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता ब्यक्तिको एक भन्दा बढी विवाह हुनसक्छ ।

२- ब्यक्तिको कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा बिराजमान हुन्छ भने यस्ता ब्यक्तिको एक भन्दा बढी पत्नी हुन सक्छन् ।

३- कुनै पनि ब्यक्तिको कुण्डलीको लग्न एक उच्च गृह राशीमा हुन्छ भने त्यस्ता ब्यक्तिहरुको पनि एक भन्दा अधिक विवाह हुने सम्भावना रहन्छ ।

४- जव ब्यक्तिको कुण्डलीमा लग्नेश र चतुर्थ भावको स्वामी केन्द्रिय भावमा हुन्छ भने यस्ता ब्यक्तिको पनि बहुविवाह हुने योग प्रबल हुन्छ ।

५- कुनै पनि ब्यक्तिको कुण्डलीमा सप्तमेश भावमा शनि बिराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभाबित हुन्छ भने पनि यसकिसिमका ब्यक्तिको बहुबिवाह हुने योग हुन्छ । एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया