बलात्कारीलाई बेहुली उपहार !

४ बर्ष अगाडि

विश्वभर महिला सशक्तिकरणको अभियान चलिरहेको छ ताकि उनीहरु स्वतनत्र पूर्वक जीउन सकुन् । महिलालाई अधिकार सम्पन्न नाउन सारा विश्व एकजुट भएर लागिरहेको छ । तर यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । र झट्ट विश्वास समेत नलाग्न सक्छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बलातकारीलाई इनाम बापत बेहुली नै उपहार दिइनछ । बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने कतिपय ठाउँमा माग उठी रहेको छ भने अधिकांश ठाउँमा त यस्तो सजायको ब्यवस्था नै छ । तर अजिव छ सांसर पनि बलात्कारीलाई बेहुली दिने कस्तो अचम्मको चलन यहाँ स्वतन्त्रता र अधिकारका लागि आन्दोलन चलिरहेको छ । यता बलातकारीलाई इनाम दिइने परम्परा छ ।

तर बलात्कार गर्नुको पनि कारण छ यहाँ जोे सँग विवाह गरिन्छ त्यसैलाई बलात्कार गरिन्छ । एउटा यस्तो देश जहाँ विवाहका लागि युवतीको बलातकार गरिन्छ । ताकि बलातकारपछि बलात्कृत युवती बलात्कारीका श्रीमती बनोस् । यो परम्परा किर्गिस्तानको हो । यहाँ युवतीको बलात्कार हुन्छ बिचरी सर्वत्र बदनाम हुन्छिन्, उनको कतै पनि विवाह हुँदैन अन्नतः मजबुर भएर बलात्कारी यवकसँगै ती युवतीको विवाह हुन्छ ।
सरकारले पटक पटक यो परम्परालाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेको छैन । प्राप्त एक तथ्याङ्क अनुसार हरेक वर्ष १२ हजार युवतीको अपहरणपछि बलातकार हुने गरेको छ । सबैभन्दा अचम्मको कुरा त यो छ की विवाहका लागि युवतीलाई बलात्कार गर्ने यहाँको परम्परा नै बन्दै गएको छ । बलात्कृत युवती पनि बलातकारी युवासँग विवाह गर्न बाध्य छन् । बलात्कार यहाँको परम्परा बन्दै गएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया