चुरोट भन्दा खतरनाक अगरबत्ती धूपको धुँवा !

४ बर्ष अगाडि

एजेन्सी – धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती आवश्यक्ता परेकै हुन्छ। धार्मिक कार्य तथा पूजापाठमा आवश्यक पर्ने अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ।  अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ।

प्रायः जसो पसलहरुमा बिहानमा अगरबत्ती बाल्ने गरेको देखिन्छ। तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ, अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ । अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा अझ खतरनाक हुने जानकारहरुले बताउने गरेका छन्। अगरबत्तीबाट निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढाउने गरेको जानकारहरुले बताएका छन्।

चीनमा गरिएको एक अनुसन्धानले धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउँने बताइएको छ । अध्ययन अनुसार चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ । धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुन्छ ।

धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुन्छन् । जसले गर्दा क्यान्सरको जोखिम बढी हुन्छ । यसैगरी, उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ । त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कपको समस्या पैदा गर्छ ।

यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया