बैंकमा पैसा राखेर नाफा कमाउने प्रवृत्ति बढ्यो

५ बर्ष अगाडि

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने र त्यसका लागि लगानीयोग्य रकम उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड बैंक तथा वित्तीय संस्थामा पैसा राखेर नापाm कमाउने काममा मात्रै संलग्न रहेको पाइएको छ ।

कम्पनीले हालसम्म प्रभावकारी रुपमा लगानी गर्न नसकेको र प्रवद्र्धकलाई साथमा लिएर जान नसकेको पाइएको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा मात्रै रकम राख्ने र त्यसबाट व्याज उठाएर खाने बानी परेको जस्तो देखिएको छ ।

कम्पनीले प्रभावकारी रुपमा कुनै पनि आयोजनामा लगानी गरेको छैन । कम्पनीले चालु आर्थिक वर्षमा रु ६२ करोड बढी नाफा गरेको छ ।

सरकारी स्वामित्वको सो कम्पनीले निरन्तर नाफा कमाएको वित्तीइ विवरण सार्वजनिक गरेर बसेको छ । कम्पनलिे गत चैतसम्म ६२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले  ४१ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । निक्षेप र कर्जाको ब्याजदर बढेपछि कम्पनीको नाफामा बढेत्तरी भएको कम्पनीले दावी गरेको छ ।

यस्तै लगानीबाट  ७ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा पुगेको दावी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलेको नेतृत्व क्षमताको अभावमा कम्पनी क्रमशः धारासायी बन्दै गएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया