यो हो अचम्मको कण्डम, दुईजनाको सहमतीपछि मात्र खोल्न सकिने (भिडीयोसहित)

४ बर्ष अगाडि

अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम पेश गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट (ठाउँ) मा  दबाउनुपर्छ  ।

‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई  व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ ।

कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’

यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ । यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ ।

कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भने, ‘कम्पनीले सधैं सुरक्षित खुसीको कुरा गर्दै आएको छ । तर यसपटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ ।’

 

४ बर्ष अगाडि

प्रतिक्रिया