(एसपी) को सरुवा, गोरखामा ओम अधिकारी

४ बर्ष अगाडि

नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उनका अनुसार महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् । 

हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा ल्याईएको छ । गोरखामा कार्यरत एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएका छन् । बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया