यी बलिउड नायिका जसले खाए जीवनभर विवाह नगर्ने कसम

४ बर्ष अगाडि

काठमाडौं– भारतमा अहिले नायक-नायिकाको विवाहको चर्चा खुबै चल्ने गरेको छ । यस्तोमा यहाँ यस्त नायिकाहरुको चर्चा गरिएको छ जसले जीवनभर विवाह नगर्ने कसम खाएका छन् –

१. परबीन वेबी
७०–८० को दशकमा खुल्लपन नआउँदा पनि आफ्नो स्वतन्त्रतामा बाँच्न रुचाउने नायिका परवीन बेबी तीन व्यक्तिसँग प्रेमसम्बन्धमा थिइन् । तर, जीवनभर विवाह भने गरिनन् । उनले जीवनमा डेनी, कबीर बेदी र महेश भट्टसँग प्रेम सम्बन्धमा थिइन् । परवीन बेबीले अध्यात्मसँग जोडिने चक्करमा फिल्म क्षेत्रबाट बिदा लिएकी थिइन् । सन् २००५ मा उनको निधन भएको थियो ।

२. सुष्मिता सेन
बलिउडकी नायिका तथा पूर्व मिस युनिभर्स सुष्मिता सेनको प्रेमको चर्चा विक्रम, भट्ट, मुद्दसर अजीज, सञ्जय नारंग, रणदीप हुड्डा, इम्तियाज खत्री, बन्टी सचदेव, अनिल अम्बानी र वासिम अक्रिमजस्ता व्यक्तिसँग थियो । यति धेरै अफेयर्सका बाबजुद उनी दुई बच्चाकी एकल आमा हुन् ।

३. तबस्सुम फातिमा हाशमी
तब्बू भनेर चिनिने यी नायिकाले पनि अहिलेसम्म विवाह गरेकी छैनन् । उनको नाम धेरै अभिनेतासँग जोडिँदै आएको छ । उनी १५ वर्षसम्म दक्षिण भारतीय अभिनेता नागार्जुनसँग प्रेम सम्बन्धमा थिइन् । तर, नागार्जुन विवाहित थिए । त्यसैले उनीहरुको बीचमा विवाह हुन सकेन ।

४. सुरैया
कुनै समयमा अभिनयका साथै आफ्नो सौन्दर्यको कारण पनि निकै चर्चित थिइन् । उनी देव आनन्दलाई प्रेममा फसाउन सफल भएकी थिइन् । उनीहरुको बीचमा पहिलो भेटमा नै प्रेम भएको थियो । उनीहरुको सम्बन्ध नायिकाका परिवारलाई भने मन परेको थिएन । यसको कारण उनीहरुको प्रेम सम्बन्ध छुटेको थियो । त्यसपछि सुरैयाले विवाह गरिनन् । सन् २००४ मा उनको निधन भएको थियो ।

५. अमीषा पटेल
चर्चित बलिउड फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गरेकी अमीष पटेलले पनि विवाह गरेकी छैनन् । कुनै समय धेरै युवाको मनमा बस्न सफल यी नायिका लगातार फ्लप फिल्मपछि भने फिल्मी क्षेत्रबाट टाढा हुँदै गइन् ।

उनी विक्रम भट्टसँग प्रेम सम्बन्धमा थिइन् । यी दुईको बीचमा करीब ५ वर्ष अफेयर्स चलेको थियो । उनीहरुले सन् २००७ मा यो सम्बन्ध टुंग्याएका थिए । त्यसपछि उनी  कनव पुरी नामक व्यवसायीसँग पनि सम्बन्धमा थिइन् तर यो सम्बन्ध पनि आफ्नो लक्ष्यमा पुग्न सकेन । सन् २०१० मा यो सम्बन्ध पनि सकिएसँगै उनले सञ्चारमाध्यम विवाह गर्ने मन नरहेको बताएकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया