१८ घन्टा देखि यात्रु जीपमा चेपिएपछि...

४ बर्ष अगाडि

काठमाडौं –  शुक्रबार आएको पहिरोका कारण वीपी राजमार्गमा सयौं सवारी साधन अलपत्र परेका छन् । अविरल बर्षा भइरहेका कारण यातायातका साधन पहिरोका कारण अवरुद्ध भएका छन् ।

एउटा सुमोमाथि ढुंगा खस्दा त्यसमा सवार एक जना चेपिएका छन् । तर प्रहरीले उद्दार गर्न सकेको छैन । सर्वसाधारणका अनुसार खुर्कोट र नेपालथोकको रातमाटे नजिक भएको उक्त दुर्घटना नेपालथोकबाट पुगेको प्रहरीले देखेको थियो । तर, उद्दार नगरी फर्कियो ।

१८ घन्टादेखि यात्रु पहिरोको जोखिममा चेपिएको जीपमा छन् । उनको उद्दारका लागि प्रशासनिक तहबाट कुनै पनि पहल नभएको यात्रु सुरेश सुवेदीले टेलिफोनमा जानकारी दिए ।

आक्रोशित सर्वसाधारणका अनुसार प्रशासनिक निकायले उद्दारका लागि ध्यान दिन सकेको छैन जसका कारण बर्षामा रातभरी बीच बाटोमा नै यात्रुहरू बिचल्लिमा परेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया