झापाका डिएसपी ओलीको अवैध धन्दा,मासिक लाखौं रुपैया झ्वाम (भिडियोसहित)

४ बर्ष अगाडि

झापा – सशस्त्र प्रहरी वल नेपाल सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीले व्यापारीहरु सँग मासिक नजरना उठाउँने गरेको रहस्य खुलेको छ ।

करिव ३ महिना अघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी समाल्दै आएका ओलीले बिभिन्न व्यापारीहरु बाट मासिक रुपमा लाखौ रुपैया अवैध रुपमा असुल्दै आएको तथ्य बाहिर आएको हो ।पूर्वी नाकाको भारतबाट नेपाल तर्फ आयात गरि व्यापार गर्दै आएका व्यापारीहरुबाट अवैध रुपमा प्रति व्यापारी १ हजार देखी ३२ हजार सम्म उठाउँने गरेको व्यापारीहरुले बताएका छन् । 

डिएसपी ओलीले कपडा,किराना,हार्डवेयर,सुर्ती,काठ लगायतका व्यापारीहरुबाट मासिक रुपमा आफु मातहतका सिपाही खटाएर रकम असुल्दै आएको समाचार स्रोतको भनाई छ ।हरेक महिना बितेपछि व्यापारीले पैसा दिन ढिला गरे पूर्व पश्चिम राजमार्गको बिभिन्न क्षेत्रमा चेक पोईन्ट खडा गरी साथै चारआली जंगलमा छड्के रुपमा चेक गरी व्यापारीको सामान हडप्ने गरेका छन् ।

यसै सन्धर्भमा अनुसन्धान मिडियाले तयार पारको यो भिडयो हेर्नुहोस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया