कुवेतमा आगलागी भई मृत्यु हुने ३ नेपालीको परिचय खुल्यो (नामसहित)

४ बर्ष अगाडि

काठमाडौँ – कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी हुँदा ज्यान गुमाउने ३ नेपालीको पहिचान खुलेको छ । जसमा दुई घरेलु महिला र एक पुरुष कामदार रहेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना छैन । उनीहरु आफ्नो मालिकको घर छाडेर त्यस अपार्टमेन्टमा बस्दै आएका थिए । बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए ।  मृतक नेपालीको शव फर्वानिया अस्पतालमा राखिएको छ ।

दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले घाइते हुनेहरुको पहिचानको लागि काम भइरहेको बताए । आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुईजना गम्भीर घाइते भएका थिए । १२ जनालाई उद्धार गरिएको थियो ।

गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया