कारोबारमा गिरावट आएपनि नेप्सेमा झिनो अंकको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं – आज नेप्से शुन्य दशमलव ९५ अंकले बढेर १ हजार २ सय ४९ दशमलव ४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव २४ अंकले बढेर २ सय ६८ दशलमव ५७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १ सय ६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर खरिदबिक्री भई २८ करोड ४२ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ जुन बिहिबारको तुलनामा २२ करोड ५६ लाख ६७ हजार थोरै हो ।

आज  ११ वटै उपपरिसुचकहरुमा ६ वटा समूह बढेको छ भने ५ वटा समूह घटेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया