एउटा आलुले ४० दिनसम्म बत्ती कसरी बाल्ने ?

४ बर्ष अगाडि

एजेन्सी – बिजुली नभएमा आलु लाई पनि प्रयोग गर्न सकिन्छ भनेको कुरा सुन्दा तपाईं लाई पक्कै पनि अच्चम्म लाग्न सक्छ । तर यो कुरा सत्य साबित भएको छ । जेरुशेलमको हिब्रु युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले आलुबाट बत्ती बाल्न सकिने र यसले विश्वका गरिब गाउँ बस्तिलाई पनि उज्यालो बनाउन सकिने जनाएका छन् । अनुसन्धानकर्ता मध्येका एक इजरायलको हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ता रोबिनोविचका अनुसार एउटा आलुबाट ४० दिनसम्म एउटा एलइडी बल्ब बाल्न सकिने बताइएको छ ।

आलुबाट बिजुली निकाल्नका लागि आलुलाई आठ मिनेट उमाल्नु पर्ने बताइएको छ । यसरी आलु उमाल्दा त्यसभित्र रहेका इलेक्ट्रोनको चहलपहल बढ्ने र त्यसले बढी उर्जा उत्पादन गर्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् । उमालेको आलुलाई चार पाँच टुक्रा बनाएर तामा र जिंकको प्लेटको बिचमा राखेमा उर्जा १० गुण बढ्ने पनि उनिहरुको भनाई छ ।
आलुमा रहेको जिंकले तामासँग मिलेर रासायनिक प्रतिक्रिया हुन गई बिजुली उत्पादन हुने शोधकर्ताको ठममाई रहेको छ । आलुबाट बत्ती बाल्नका लागि प्लेट्स, तार तथा एलइडी बल्बलाई आलुमा जोडेर राख्नुपर्ने उनिहरुले बताएका छन् । आलुबाट निकालिने बिजुली डि सेल ब्याट्रीबाट निकालिने बिजुली भन्दा ५० गुणा सस्तो हुने शोधकर्ताहरुको भनाई छ ।
विश्वका १ सय ३० देशमा आलु उत्पादन हुने गरेको पाइन्छ। आलु विश्वका धेरै देशको प्रमुख खाद्य पदार्थ पनि हो । यसले गर्दा बिजुली उत्पादन गर्ने कुरा अलि अप्ठ्यारो पनि छ । संयुक्त राष्ट्रसंघले उखु तथा अन्य जैविक खाद्यान्नलाई बिजुली उत्पादनमा प्रयोग गर्न नहुने जनाएको छ ।

यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थिए तब उनको यस्तो प्रतिक्रिया भइ उर्जा निस्कने पत्ता लगाएका थिए।

यहि प्रभावको लागि दुई इलेक्ट्रोड्सको बिचमा अन्य पदार्थ पनि राख्न सकिन्छ। अलेक्जेन्डर भोल्टाले नुन पानीमा भिजेको कागजको प्रयोग गरेका थिए।

आलुमाथी अध्ययन
सन् २०१० मा, राबिनोविचले क्यालिफोर्निया यूनिभर्सिटीका एलेक्स गोल्डबर्ग र बोरिस रुबिस्कीसंग यो बारेमा एक कोसिस गर्ने सोचे। गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग अलग तरिकाको आलुको आन्तरिक प्रतिरोधको जाँच गर्यौं।’

आलुलाई आठ मिनेट उमाल्दा आलु भित्रको कार्बनको संरचना टुट्यो, प्रतिरोध कम भयो र इलेक्ट्रोनको गतिविधि बढ्न थाल्यो। यसले बढी उर्जा उत्पादन गर्यो। आलुलाई चार पाँच टुक्रा काटेर तामा र जिङ्क पाताको बीचमा राखियो। यसले उर्जा १० गुणा बढायो अर्थात बिजुली उत्पादन गर्ने लागतमा कमी आयो।

राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम छ, तर यस्तो ब्याट्री बनाउन सकिन्छ जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकोस्। एक आलु उमाल्दा पैदा हुने बिजुलीको लागत ९ डलर प्रति किलोवाट घण्टा हुन्छ, जुन सामान्य ब्याट्रीभन्दा ५० गुणा सस्तो हुन आउँछ।  विकासशील देश जहाँ मट्टितेल प्रयोग हुन्छ यो प्रविधिको प्रयोग ६ गुणा सस्तो हुने बताइन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया