बाढीले रेलको लिक बगायो

४ बर्ष अगाडि

काठमाडौँ। मुुलुकभरि बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । वर्षाका कारण रेलको लिक बगाउनुका साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ । 
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिए । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया