आँधिखोला लघुवित्तको आईपीओ बाँडफाँड , दुई लाख ६२ हजार ९१४ आबेदकको हात खाली

४ बर्ष अगाडि

काठमाडौँ – आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गरेको छ ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। 

आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो।

आईपीओ बाँडफाँड पछि ३७,५०० आबेदकले गोलाप्रथा बाट १०–१० कित्ताका दरले ३ लाख ७५ हजार कित्ता पाए भने बाँकी २,६२,९१४ आबेदकको हात खाली रहयो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया