केन सर्वोत्कृष्ट खेलाडी

४ बर्ष अगाडि

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । 

उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते । सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । 

उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए । यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भारतका रोहित शर्मा बने । रोहितले ९ खेलमा पाँच शतक, एक अर्धशतक सहित ६ सय ४८ रन बनाएका थिए । सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार अष्ट्रेलियाका मिचेल स्टार्कले जिते । मिचेलले १० खेलमा २७ विकेट लिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया