पेट्रोल हालेर खर्च किन ? अब पानीबाटै चल्नेछ बाइक !

४ बर्ष अगाडि

एजन्सी – इन्धको बढ्दो खपतसँगै बढेको व्यवभार तथा धुवाँले वातावरणमा पारेका प्रभावलाई हेर्दा जो सुकै मानिसहरु पनि यो सोच्दछन् की यदि पानीबाट गाडी चल्ने भए कस्तो होला र ? यस्तो सोचाई कोरा कल्पना मात्रै लाग्नसक्छ ।

तर, अब यो कल्पना तथा सपना मात्र रहेन, यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् ।

वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन गरी त्यसलाई पेट्रोलको साटो पानीले चल्ने बनाएका हुन् । यसको नाम टी पावर एच टू ओ राखेका छन् ।

यसरी पानीले चल्ने बाइकको माइलेज पनि अचम्मसँगै उच्च छ । एक लिटर पानीले यो बाइकले ५ सय किलोमिटर यात्रा गर्न सकिन्छ । यो बाइक पूर्णरुपमा पर्यावरणमैत्री रहेको बताइएको छ । यसले कार्बनमोनोअक्साइडको साटो पानीको बाफ मात्र छाड्दछ ।

यो बाइक बनाउने युवा वैज्ञानिक रिकार्डोका अनुसार पानीबाट बाइक चलाउने प्रविधि बनाउनका लागि निकै आधारभूत प्रविधिको प्रयोग गरिएको छ । यो बाइकमा पानी भर्नका लागि ट्यांकी रहेको छ ।

यसमा पानी हालेपछि ब्याट्रीको माध्यमले पानीबाट हाइड्रोजन निस्कन्छ । सोही हाइड्रोजनले बाइकको इन्जिन चल्दछ । रिकार्डो अब आफ्नो बाइकलाई परीक्षणका लागि तयार पारेका छन् । यदि परीक्षण सफल भएमा यो परिवहन क्षेत्रमा नयाँ क्रान्ति हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया