अरुको यी ६ चिज कहिल्यै प्रयोग नगर्नुहोस् , आर्थिक संकटमा पर्नुहोला !

४ बर्ष अगाडि

एजेन्सी – हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो । जानौँ के–के हुन् ति चिज ?

कलम – तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन रु यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् ।

ओछ्यान – कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ ।

रुमाल – अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।

घडी – हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।

कपडा – अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।

धन – कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।

४ बर्ष अगाडि

प्रतिक्रिया