अम्पाएरको गलत निर्णयले इङल्याण्डले विश्वकप जित्यो : पूर्वअम्पाएर टफेल

४ बर्ष अगाडि

एजेन्सी –  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का पूर्व अम्पाएर सिमोन टफेलले आईसीसी विश्वकप क्रिकेट २०१९ को उपाधी अम्पाएरको गलत निर्णयले इङल्याण्डले विश्वकप जितेको दावी गरेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) बाट ५ पटक वर्ष अम्पाएरको उपाधी पाएका सिमोन टफेलले निर्धारित ५० ओभरको खेलमै मैदानमा रहेका अम्पाएरको गलत निर्णयका कारण खेलको नतिजा परिवर्तन भएको दावी गरेका हुन् । 

अस्ट्रेलियन पूर्वअम्पाएर टफेलले फक्सस्पोर्टस्लाई दिएको अन्तर्वार्तामा मैदानमा रहेका अम्पाएरले सन् १७८७ मा स्थापित मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले कायम गरेको नियम विपरीत निर्णय गरेको जनाए  । 

अन्तिम ३ बलमा जब इङल्याण्डलाई ९ रन चाहिएको थियो, त्यसबेला विकेटमा दौडिरहेका वेन स्टोक्सलाई आउट गर्न न्युजिल्याण्डका मार्टिन गुप्टिलले प्रहार गरेको बल गल्तीले ‘बाउन्ड्री’ लाइन छुन पुग्यो । तर त्यतिन्जेल स्टोक्सले दौडेर २ रन पुरा गरिसकेका थिए । अनि मैदानमा रहेका अम्पाएरले त्यसलाई ६ रन बराबरको मान्यता दिए । 

‘तर एमसीसी नियमअनुसार बाइड र बाउन्ड्री मान्दा त्यो ५ रनमात्र हो । ६ रन मानेर स्टोक्सलाई नै ब्याटिङमै रहन दिनु अम्पाएरको गलत निर्णय थियो,’ टफेलको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया