सबैको लघुवित्तको आइपीओ भोली बाट खुल्दै , गर्ने होईन त लगानी ?

४ बर्ष अगाडि

काठमाडौँ – सबैको लघुवित्त वित्तीय संस्थाले भोली बाट आइपीओ खुला गर्दै छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । 

यसमध्ये ८ हजार ५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लघुवित्तको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया