पूर्वी र पश्चिमी क्षेत्रमा आज पनि भारी बर्षा यसो भन्छ मौसम विभाग

४ बर्ष अगाडि

काठमाडौं – देशका पूर्वी तथा पश्चिमी क्षेत्रमा आज पनि भारी बर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा तराईका १– २ स्थानमा आज भारी वर्षा हुने छ । 

मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा केह ितल रहेको छ । जसकोका कारण मनसुनी गतिविधि देशभर नै सक्रय अवस्थामा रहेको छ ।

हाल देशका सबै जसो स्थानमा सामान्य देखिएपनि पूर्ण बदलीको अवस्थामा रहेको छ । पश्चिमी भूभागका थोरै स्थानका साथै मध्य भूभाग र पूर्वी नेपालमा केही स्थानमा मनसुनी वर्षा भइरहेको छ ।

विशेष गरी चुरे भएर बहने नदीमा जलसतह सामान्य अवस्थामा रहेपनि बर्षा हुने सम्भावना रहेका कारण पानीको सतहमा केही वृद्धि हुन सक्ने देखिएको छ ।

आज राती देशको पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भारी बर्षा हुने देखिएकाले सचेतता अपनाउन  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानमाुन महाशाखाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया