साधना र समृद्धि लघुवित्तको एकिकृत कारोबार सुरु

४ बर्ष अगाडि

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको छ।

प्राप्तिपछि नाम साधना लघुवित्त वित्तीय संस्था कायम गरिएको छ। केन्द्रीय कार्यालय गोरखाको हरमटारी रहने छ। राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको उद्घाटन गरेका छन्। दुबै संस्थाले प्राप्तिका लागि गत जेठ २५ गते साधारणसभा गरेका थिए। राष्ट्र बैंकले गत २५ गते अन्तिम स्वीकृति दिएको थियो।

प्राप्तिपछि चुक्ता पूँजी रु ७ करोड ३५ लाख पुगेको छ । कुल निक्षेप रु २८ करोड र कुल लगानी रु एक अर्ब २० करोड पुगेको छ । शाखा संख्या ४०, सदस्य संख्या ३३ हजार पुगेको छ । संस्थाले आगामी बर्ष हकप्रद शेयर र साधारण शेयर जारी गरेर पूँजी रु २१ करोड पुर्याउने जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया