नेप्सेको शेयर बेच्दै राष्ट्र बैंक, कति तोकियो मूल्य ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्चेन्ज नेप्सेमा आफ्नो नाममा भएको शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो ।

यस लिलाम प्रक्रियामा असार ३१ गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन सक्ने छन् ।

शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने छ । राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य रु १ हजार ३२ तोकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया