कृषि विकास बैंकले माग्यो ३८४ जना कर्मचारी

४ बर्ष अगाडि

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले नवौँ तह वरिष्ठ शाखा प्रमुख ८ जना, सातौँ तह वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ट इञ्जिनियर(आइटी) २० जना, पाँचौ तह व्यवसाय सहायक १०७ जना, एमआइएस सहायक १३ जना, ओभरसियर(सिभिल) ५ जना, चौथो तह लेखापाल(विराटनगर केन्द्र) ६७ जना, लेखापाल(भैरहवा केन्द्र) १०० जना र लेखापाल(सुर्खेत केन्द्र) ४२ जना माग गरेको हो ।

माग भएका कर्मचारी मध्ये खुल्ला २०९ जना, महिला ५६ जना, आदिवासी जनजाति ५० जना, मधेसी ३७ जना, दलित १७ जना, अपाङ्ग १० जना र पिछडिएको क्षेत्रका लागि ५ जना कोटा विभाजन गरिएको छ ।

सम्बन्धित पदमा इच्छुक र योग्यता पुगेकाहरुले असार ३१ गतेदेखि साउन २० गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । साउन २१ गतेदेखि २७ गतेसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

तह ४ र ५ का लागि खुलातर्फ रु.८०० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.४००, तह ७ र ९ का लागि खुलातर्फ रु १००० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु ५०० शुल्क बुझाउनु पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया