मेसी फकाउने बार्सिलोना सुत्र, उनी कहिलै दुखी भएनन

४ बर्ष अगाडि

काठमाडौँ –  जब लियोनेल मेसी १३ वर्षका थिए । उनलाई बार्सिलोनाका अधिकारीहरुले क्याप नोउ ल्याए । हर्मोनको कारण अस्वस्थ रहेका मेसीलाई बार्सिलोनाले शत प्रतिशत फिट बनायो । उनले बार्सिलोनामा १४ वर्षमुनिका खेलाडीहरुसँग खेल सुरु गरे ।

आजको दिनसम्म आइपुग्दा मेसी विश्वका एक महान फुटबलर बन्न सफल भएका छन् । उनले व्यक्तिगत रुपमा कुनै पनि अर्वाड जित्न बाँकी रहेको छैन । छोटो कद भए पनि उनको फुटबल स्किललाई मन पराउने धेरै समर्थक छन् । बार्सिलोनाले मेसीलाई उनको बानी बुझेर खुसि बनाइरहेको छ । पेप ग्वार्डिवाला प्रशिक्षक रहदाँ मेसी सबैभन्दा उत्कृष्ट लयमा खेल खेले ।

ग्वार्डिवालाले ४ वर्षे कार्यकालबाट क्लब छोड्दा मेसी सबैभन्दा दुखी भएका थिए । अहिले पनि मेसी र ग्वार्डिवाला एक अर्काप्रति निकै नजिक रहेका छन् । उनीहरु सार्वजनिक कार्यक्रममै एक अर्काको बखान गर्न छुटाउँदैन । पछिल्लो समय मेसीले अझै ग्वार्डिवालासँग काम गर्न मन छ भन्नुले नै सो कुराको पुष्ठी गर्छ ।

लुइस इनरिके मुख्य प्रशिक्षकमा आएपछि उनको ३ वर्षे कार्यकालको अन्त्यतिर मेसी केहि असन्तुष्ट देखिए । इनरिके मेसी मात्र बार्सिलोनाको खम्बा नभएको प्रमाणित गर्न चाहान्थे । त्यसमा उनी सफल हुन सकेनन । त्यसपछि क्लब व्यवस्थापनले खेलाडी छनोटको अधिकार समेत मेसीलाई दिएको थियो । अहिलेका मुख्य प्रशिक्षक इर्नेष्टो भाल्डभारे मेसीको मुक्त कण्ठले बयान गरिरहेका छन् । उनले मेसीको बयान गर्ने शब्द नै नभेटेको समेत बताउँदै आएका छन् ।

पछिल्लो समय मेसीलाई बार्सिलोनाले कप्तानको जिम्मेवारी दिनुले पनि मेसीलाई बार्सिलोनाले कुन तहको सम्मान दिइरहेको छ भन्ने प्रमाणित हुन्छ । बार्सिलोनामा कप्तानको लागि टेर स्ट्रेगन, जेरार्ड पिके, बस्कुइट लगायत अन्य खेलाडी थिए ।

मेसीको बारेमा अर्जेन्टिनाका पुर्व स्ट्रार डिएगो मारोडोनाले बेलाबेला आलोचना गर्ने गरेका छन् । मेसी आफुलाई माया गर्नेप्रति नरम हुन्छन् भने आफुलाई गाली गर्नेप्रति आक्रामक हुन्छन् । गाली गरेकै कारण मेसीले पुर्व प्रशिक्षक इनरिके र मारोडोनालाई आफ्नो विवाहमा निम्तो समेत गरेनन ।

मेसी आफैंमा महान खेलाडी भएर पनि कहिल्लै घमण्ड गरेनन । उनलाई बार्सिलोना समर्थनको अथाह माया गरेका छन् । त्यो मायालाई बुझेर नै मेसीले महंगो अफरहरुलाई स्वीकार गरेनन । मेसीसँग बार्सिलोनाले सन् २०२१ सम्म सम्झौता गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया