समातिए पाँच तारे होटलका मालिक

६ बर्ष अगाडि
काठमाडौं– पाँचतारे होटल एभरेष्टका सञ्चालक मस्कुर महमद लारी पक्राउ परेका छन् । बिहीबार प्रहरीले उनलाई महाराजगञ्ज स्थित घरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआइजी) जय बहादुर चन्दले जानकारी दिए । लागु औषध मुद्धामा फरार लारी अदालतका फरार अभियुक्तको सुचिमा थिए । प्रहरीले पनी उनलाई मोस्ट वान्टेड सुचिमा राखेको बताईएको छ । प्रहरी स्रोतका अनुसार १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० केजी चरेस तस्करी प्रकरणमा लारीको संलग्नता रहेको खुलेको थियो ।
६ बर्ष अगाडि

प्रतिक्रिया