वडाध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा एक जना पक्राउ

असार ३१, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालालुस्थित अटो पार्टसका कर्मचारी रविन खत्री रहेका छन् । उनलाई प्रहरीले बिहीबार सोह्रखुट्टेस्थित कार्यालयबाटै पक्राउ गरेको हो । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

कार्कीले अटो पार्टस्का मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको भन्दै थप आफूलाई थापा नभएको बयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७