बजार खुले सगैँ २८ अंकले बढेको नेप्से ४ अंकमा झर्यो !

४ बर्ष अगाडि

काठमाडौं – आज नेप्से ४ दशमलव ४५ अंकले बढेर १ हजार २ सय ५९ दशमलव ०१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बजार खुलेको केहि समयमै २८ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज  घटेर ४ दशमलव ४५ अंकमा पुगेको हो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि शुन्य दशमलव ९७ अंकले बढेर २ सय ७१ दशलमव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर खरिदबिक्री भई ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया