नेकपाको असन्तुष्ट पक्षको भेला सम्पन्न,यस्ता छन् निर्णय

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट समुहको बैंठक सम्पन्न भएको छ ।

यही असार ३० गते बसेको पार्टी केन्द्रीय कार्यालय (हेर्ड क्वाटर)बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएको नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सो बैठकले पार्टीको नामाकरणको सम्बन्धमा असन्तुष्ट समुहहरुले बद्लिदो परिवेशसँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ। पार्टीको सचिवालय गठन सम्बन्धमा १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय गरेको हो।

यस्तो छ विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)असन्तुष्ट समुहको मिति २०७६ असार ३० गते बसेको पार्टी केन्द्रीय कार्यालय (हेड  क्वाटर )बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएकोले सोही बैठकका निर्णयहरु सार्वजनिक गर्न यस प्रेस विज्ञप्ती जारी गरिएकोले सम्पुर्ण संचारमाध्यमहरुलाई बैठकका निर्णयहरु आम राष्ट्र र नागरिकको सामु पु¥याई सहयोग गरिदिनुहुन अनुरोध छ ।

पार्टी केन्द्रीय कार्यालयले गरेका निर्णयहरु

क.पार्टीको नामाकरण बारे ।
पार्टीको नामाकरण बारे भएको गम्भीर छलफलपछि अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समुह समुहले बद्लिदो परिवेशसँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय सर्वसम्मत पारित गरियो ।
ख. पार्टी सचिवालय गठन गर्ने बारे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निम्न १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय पारित गरियो ।
१.अध्यक्ष– युवराज सफल
२ वरिष्ठ नेता– डा. मोजराज बगाले
३.वरिष्ठ नेता –डिबी थापा
४.वरिष्ठ नेता– सिद्धार्थ अधिकारी
५.वरिष्ठ नेता –भोजराज श्रेष्ठ
६. महासचिव– डिबी बुढा
७. सचिवालय सदस्य – शुशिल योगी
८.सचिवालय सदस्य – राजकुमार हुमागाई
९.सचिवालय सदस्य –धिरेन्द्र झा

१०.सचिवालय सदस्य – जेएन घिमिरे
११.सचिवालय सदस्य – पुरुषोत्तम गजुरेल
१२.सचिवालय सदस्य – आशिष तामाङ्ग
१३. सचिवालय सदस्य – राम बुढाथोकी

ग.पार्टी भेला तथा पुर्ण केन्द्रीय समिति घोषणा गर्ने बारे ।
तत्कालीन नेकपा (माओवादी)केन्द्रमा एकीकरण गरेका ४२ भन्दा बढी राजनीतिक पार्टी र तत्कालीन नेकपा (एमाले)र (माओवादी) केन्द्रका जिम्मेवारीविहिन केन्द्रीय पदाधिकारी ,केन्द्रीय सदस्य लगायतको भेला मिति २०७६ असोजमा बोलाई सोही बृहत भेलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुर्ण केन्द्रीय समानान्तर समिति घोषणा गर्ने र  त्यति बेलासम्म यही केन्द्रीय सचिवालयले नै कार्यकारी भुमिका खेल्ने निर्णय गरियो ।


                                                   
युवराज सफल 
  अध्यक्ष
 

४ बर्ष अगाडि

प्रतिक्रिया