नेकपाको एकता टुंगियो, ५ गते घोषणा

४ बर्ष अगाडि

काठमाडौँ– अन्ततः नेकपाको एकता प्रकृया टुंगोमा पुगेको छ । 
नेकपा  अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भागबण्डामा सहमति भएपछि नेताहरुले असार भित्रै एकता प्रक्रिया सक्ने भन्दै आएको बाचा पनि पूरा भएको छ । 
अध्यक्षद्धयसँगको मंगलबारको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा समेत सहभागी थिए । 
मंगलबारको छलफलपछि एकता प्रकृया टुगिएको महासचिव विष्णु पौडेलले बताए । उनले भने, ‘एकता प्रकृया निष्कर्षमा पुगेको छ । अव साउन ५ गते सचिवालय बैठकले अनुमोदन गरेर घोषणा गरिन्छ ।’
महासचिव पौडेलले कुन पद को व्यक्तिलाई तोक्ने भन्ने निर्क्यौल सचिवालय बैठकले गर्ने बताए । 
 नेकपामा ३२ वटा विभभाग रहेका छन् । तत्कालिन नेकपा एमाले र माअओवादीबीच गत सालको जेठ ३ गते एकता घेषणा भएको थियो । तर १४ महिनासम्म पनि एकता प्रकृयाले पुर्णता पाएको थिएन । योसँगै जिल्ला इन्चार्ज र सहइन्चार्ज तथा विभागहरुमा ५ गतेको बैठकबाट जिम्मेवारीको घोषणा गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया