डिडिसिको ५१ औं वार्षिकोत्सव सम्पन्न

४ बर्ष अगाडि

काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसि) को स्वर्णमहोत्सव तथा ५१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । 

डिडिसिको वार्षिकोत्सव कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल सहभागी भएका थिए । कार्यक्रममा खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई निर्देशन दिएका थिए । 

यस्तो छ डिडिसिको स्वर्णमहोत्सव तथा ५१औं  वार्षिकोत्सवको विवरण:

 

दुग्ध विकास संस्थान (डिडिसि)
स्वर्णमहोत्सव तथा ५१औं  वार्षिकोत्सव

स्थापना परिचय

स्थापनाः संस्थान ऐन २०२१ अन्तर्गत दुग्ध विकास संस्थानको स्थापना २०२६ साल श्रावण १ गते भएको।

संस्थानको विकासक्रम

  • २००९ लाङ्गटाङ्ग, रसुवामा चिज उत्पादन केन्द्र।
  • २०१० टुसाल, काभ्रेमा संकलन केन्द्र । भोटाहिटी, काठमाडौंमा विक्री केन्द्र।
  • २०१३ खरिपाटि, भक्तपुरमा संकलन केन्द्र ।लैनचौर काठमाडौंमा ५०० लि क्षमताको दूध प्रशोधन कारखाना।
  • २०१४ थोदुङ्ग, रामेछापमा याक चिज उत्पादन केन्द्र।
  • २०१९ पिके, सोलुखुम्वुमा याक चिज उत्पादन केन्द्र ।
  • २०२६ दुग्ध विकास वोर्डलाई संस्थान ऐन २०२१ अन्तगर्त श्रावण गते दुग्ध विकास संस्थानमा परिणत। दुग्ध पदार्थ विक्री वितरण आयोजना, लैनचौर स्थापना ( क्षमता ३००० लिटर प्रति घण्टा)।
  • २०३० काठमाडौं दुग्ध वितरण आयोजना, वालाजु (क्षमताः १५००० लि प्रति घण्टा, ISO  22000:2005 Certified Plant) । विराटनगर दुग्ध वितरण आयोजना  (क्षमताः ५००० लि प्रति घण्टा, ISO  22000:2005 Certified Plant) । हेटौंडा दुग्ध वितरण आयोजना  (क्षमताः ३००० लि प्रति घण्टा, ISO  22000:2005 Certified Plant)
  • २०३६ पोखरा दुग्ध वितरण आयोजना। २०६१ साल निजिकरण । २०७१ पोखरा बिक्री केन्द्र स्थापना ।
  • २०४६ लुम्विनी दुग्ध वितरण आयोजना, वुटवल। क्षमताः २००० लि प्रति घण्टा। नेपालगंज दुग्ध वितरण आयोजना, कोहलपुर। क्षमताः १००० लि प्रति घण्टा ।
  • २०५२ विराटनगरमा ३ मे ट क्षमताको धुलो दूध उत्पादन कारखानाको स्थापना ।
  • २०६५ जनकपुर दुग्ध वितरण आयोजना, ढलकेवर। क्षमताः १५०० लि प्रति घण्टा ।
  • २०६६ धनगढी दुग्ध वितरण आयोजना, अत्तरिया। क्षमताः १५०० लि प्रति घण्टा ।
  • २०७० पशु आहारा उत्पादन केन्द्र, हेटौंडा। (नेपाल सरकारवाट २५ वर्षको लागि दिईएको)।दोलखा दुग्ध उद्योग लि, ( पव्लिक प्राईभेट पार्टनरसिप ५१%  सेयर लगानी) ।

 

ग्रामिण अर्थतन्त्र तथा दुग्ध व्यवसायको प्रवर्धनमा संस्थानको भूमिका

  • दुग्ध उद्योगको विकास, कच्चा दूधको खरिद तथा प्रशोधित दुध तथा दुग्ध पदार्थको वजार विक्री मूल्य उचित र स्थिर राख्न नेतृत्वकारी भुमिका।
  • उच्च हिमाली भेगका चौरीपालकहरुवाट उत्पादित दूधको व्यवसायीक विकास गरि याक चिज उत्पादन केन्द्रहरुको संचालन।
  • करिव २ लाख कृषक परिवारहरुको संलग्नतामा १२०० दुग्ध उत्पादक सहकारी संस्थाहरु मार्फत करिव दैनिक २ लाख लि सम्म दूध खरिद गरि प्रति दिन करिव १ करोड रुपैयाँ सम्म ग्रामिण क्षेत्रमा प्रवाह।
  • खपत भन्दा वढि स्थानिय संकलित दूधलाई धुलो दूध कारखानावाट धुलो दूध तथा मख्खन उत्पादन गरि मिल्क होलिडेको समस्या सामाधान र आयात प्रतिस्थापनमा भुमिका निर्वाह।

कार्यक्षेत्र

प्रदेश नं १ विराटनगर दुग्ध वितरण आयोजना
प्रदेश नं २ जनकपुर दुग्ध वितरण आयोजना
प्रदेश नं ३ काठमाडौं दुग्ध वितरण आयोजना तथा हेटौंडा दुग्ध वितरण आयोजना।
प्रदेश नं ५ लुम्विनी दुग्ध वितरण आयोजना, वुटवल तथा नेपालगंज दुग्ध वितरण आयोजना, कोहलपुर।
सुदुरपश्चिम प्रदेशः  धनगढी दुग्ध वितरण आयोजना, अत्तरिया।

 

सञ्जाल

  • ४६ जिल्लाहरुवाट १२०० दुग्ध उत्पादक सहकारी संस्थाहरु मार्फत करिव २ लाख किसानहरुको संलग्नता स्थानिय दूध संकलन।
  • ६५ वटा चिस्यान केन्द्रहरु, ८ वटा प्रशोधन कारखानावाट संकलन प्रशोधन तथा विक्री वितरण।
  • याक चिज उत्पादन कारखानाः १०
  • पशु आहारा उत्पादन कारखानाः १
  • विराटनगरमा धुलो दूध कारखाना (क्षमता ६ मे ट उत्पादन प्रति दिन) ।

चालु मा सम्पादित मूख्य मूख्य कार्यहरुः

  1. ग्रामिण अर्थतन्त्रको विकासमा योगदान
  • स्थानिय दुग्ध उत्पादक कृषकहरुवाट उत्पादित कच्चा दूध खरिदः आ ब २०७४।७५मा कूल कच्चा दूध संकलन ५ करोड ४६ लाख ५२ हजार लि गरि जम्मा कृषक भुक्तानी रकम रु २ अर्व ७१ करोड ४९ लाख ३३ हजार भएको छ भने चालु आ ब को चैत्र महिना सम्ममा कच्चा दूध संकलन ४ करोड २ लाख ३५ हजार लि वापत कृषक भुक्तानी रकम रु २ अर्व २ करोड ५८ लाख १४ हजार गरिएको छ।
  1. पूर्वाधार विकासवाट फ्लस सिजनको समयमा वढि उत्पादित दूधको व्यवस्थापनवाट मिल्क होलिडेको न्यूकिरण
  • विराटनगर स्थित संस्थानको धुलो दूध कारखानाको ३ मे ट प्रति दिनको क्षमतालाई दोब्वर गरि डेरी ह्ववाईटनर समेत उत्पादन गर्ने गरि कारखाना पूर्ण क्षमतामा संचालनमा ल्याईएको।प्रदेश नं १ सरकारको आर्थिक सहयोगवाट सोहि कारखानामा व्वाईलर तथा आईसवैंक खरिद प्रकृया वढेको तथा प्रदेश ५ सरकारको ५० प्रतिशत अनुदानमा २ थान ९०००लि क्षमताको रोड मिल्क टैङ्कर खरिद भएको छ भने संस्थानको आफ्नै आन्तरिक श्रोत परिचालनवाट क्रमिक रुपमा पुराना मेशिनरिजहरुको विस्थापनवाट लागत घटाउने तथा क्षमता अभिवृद्धि गरिएको छ।
  1. पूनःनिर्माण
  • वि सं २००९ सालमा स्विस सरकारको सहयोगवाट निर्मित लाङ्गटाङ्ग चिज उत्पादन कारखाना भुकम्पवाट पूर्णरुपमा क्षतिग्रस्त भएकोमा स्विस सरकारकै सहयोगमा उक्त कारखानाको पूनर्निर्माण कार्य सम्पन्न भएको छ।
  • रसुवा जिल्लाको चिलिमे तातो पानी तथा थुमनमा नयाँ याक चिज उत्पादन कारखाना स्थापना गरि उत्पादन कार्य शुरु गरिएको।

 

  1. उत्पादन विविधिकरण तथा वजारीकरण
  • Dairy Whitener तथा Whole Milk Powder को उत्पादन तथा नेपाली सेनामा आपूर्ती भैरहेको छ भने चाडै नै व्यवसायिक वजारमा ल्याउने तयारी रहेको छ। यसको अलावा Chocolate Favored Fresh Milk, Fruit Based Ice Cream /Yoghurt को व्यवसायिक वजारिकरणको तयारि भैरहेको छ।

 

भौतिक प्रगति विवरणः

क्रसं

विवरण

२०७३/७४

२०७४/७५

२०७५/७६ ज्येष्ठ सम्म

 

स्थानिय कच्चा दूध संकलन लि

53186487

५४१२५६४८

४६८१४७७७

प्रशोधित दूध वजार विक्री लि

४८461112

४४३९३१२४

३६६९०६३२

चिज उत्पादन केजी

२31661

१९४७२०

१८५६२६

मख्खन उत्पादन केजी

526589

७७४०९३

७६७८४२

धुलो दूध SMP उत्पादन केजी

462166

७९९११३

९०७९६३

 

कर्मचारी विवरण (२०७६ जेठ मसान्त सम्म)

 

अधिकृत

सहायक

दरवन्दी

१५४

९०९

पदपूर्ती

९८

७९१

 

वित्तिय विवरणः

            आर्थिक कारोवार २०७४/७५

            कूल खर्चः रु ४,००६,८८६,८०१/८९
            दूध तथा दुग्ध पदार्थ विक्रीवाट आम्दानीः रु ३,९८३,९०३,३८३/११
            विविध आम्दानीः रु ८२,१७७,५६१/८४
            कूल आम्दानीः रु ४,०६६,०८०,९४४/९५
            कर अघिको नाफाः रु ५९,१९४,१४३/०६
            कर पछिको नाफाः रु ४८५३९१९७/३०
            २०७६/७६ को चैत्र महिना  (९ महिना सम्म)सम्म को  कर अघिको नाफा रु ५७,२०६,८९५/००

 

दूध उत्पादनमा अभिवृद्धि तथा प्रतिस्पर्धी वजारीकरणको लागि भावी योजना तथा कार्यक्रमहरु

कार्यक्रम

सम्भावित उपलब्धीहरु

वुटवलमा UHT Plant को स्थापना

  •  नयाँ प्रविधिको विकास हुने र यसवाट भविष्यमा प्रविधि विस्तारवाट स्थानिय उद्योगको प्रवर्धन हुने।
  • वहुराष्ट्रिय कम्पनीका उत्पादन संग प्रतिस्पर्धा गर्न सकिने।
  •  संकलित दूधको समुचित व्यवस्थापन हुने र मिल्क होलिडे न्यूनीकरण हुने।

खुमलटारमा मिल्क प्रोडक्ट कारखानाको स्थापना।

काठमाडौं उपत्यकाको वढदो शहरीकरण तथा उच्च गुणस्तरिय दुग्ध पदार्थहरु माग वमोजिकको उत्पादन तथा वजारीकरण हुने।

पोखरामा मिल्क प्रोडक्ट कारखानाको स्थापना।

 गण्डकी प्रदेश  का दुग्ध उत्पादक कृषकहरुमा निश्चित वजारको पहुँच हुने साथै संस्थानको व्यवसायिक कारोवार समेत वढ्ने।

धनगढि तथा नेपालगंजमा मौजुदा कारखानाको क्षमता विस्तार

प्रदेश ५ र ७ मा उत्पादित दुग्धको वजार पहुँच भई व्यवसाय प्रवर्धन हुने।

लुम्वनी दुग्ध वितरण आयोजनाको ढुवानी/स्टोरेज/आईसवैंकको क्षमता विस्तार

खपत भन्दा वढि दूधको व्यवस्थापन हुने भएवाट मिल्क होलिडेको न्यूनिकरण हुने।

मध्यपाहाडि तथा हुलाकी सडक क्षेत्रमा दूध संकलन विस्तार

यस क्षेत्रमा पशुपालन व्यवसाय वृद्धि भईरहेकोले दूध संकलन केन्द्रहरु (चिस्यान केन्द्र)को स्थापना हुदाँ उत्पादित दूधको वजार पहुँच सुनिश्चित हुने तथा कृषकहरुको दुग्ध व्यवसाय प्रति आर्कषण वढने र सोवाट ग्रामिण  रोजगारी साथै आय स्तरमा वृद्धि हुने।

सुर्खेतमा नयाँ प्रशोधन कारखानाको स्थापना

कर्णाली प्रदेश  दुग्ध उत्पादनमा Potential हुदाँ हुदै पनी हाल सम्म पनि National Milk Grid मा जुडन नसकेको सन्दर्भमा सो संयन्त्रको विकास विस्तार भएमा यस क्षेत्रमा दुग्ध व्यवसायको प्रवर्धन, रोजगारीको सृजना भई ग्रामिण अर्थतन्त्रको विकास हुने।

काठमाडौं दुग्ध वितरण आयोजनाको पुराना मेशिनरिज Replacement

पुराना मेशिनरिज विस्थापन हुदाँ लागत घट्ने र प्रशोधन क्षमता अभिवृद्धि हुने।

 

 

संस्थानको मौजुदा समस्या तथा चुनौतीहरु

 

  • उत्पादनमा सिजनल भेरियसन हुदाँ स्थानिय स्तरमा उत्पादित दूधवाट नियमित वजार व्यवस्थापन गर्न कठिनाई भैरहेको।
  • फ्लस सिजनमा खपत भन्दा वढि उत्पादन हुने दूधको व्यवस्थापनको लागि मौजुदा धुलो दूध कारखानाको क्षमता प्रयाप्त नभएको। निजी क्षेत्रको ठुलो स्वदेशी धुलो दूध कारखाना पूर्ण क्षमतामा संचालनमा नआएको।
  • स्थानिय उत्पादनको धेरै कम मात्र दूध संगठित क्षेत्रमा आउने हुदाँ सोको पूर्ती गर्न महँगो धुलो दूध तथा मख्खन आयात गरि वजारलाई नियमित गर्नु पर्ने वाध्यता रहेकोले मौजुदा नेटवर्क र पूर्वाधारको विकास एवम् विस्तार गरि आवश्यक खपत हने दूध स्थानिय स्तर मै संकलन गर्न सकिए मुनाफामूखि व्यवसाय संचालन गर्न सकिने।
  • पशुपालन तथा दुग्ध व्यवसायमा समयानुकुल मूल्य समायोजन नहुदाँ व्यवसाय र युवाजनशक्ति पलायन भैरहेकोले मूल्य समायोजन आवश्यक देखिएको।
  • मौजुदा मेशिनरिज र ढुवानी साधनहरु पुरानो भै Low Efficiency मा संचालन भैरहेकोले भण्डारण तथा ढुवानी कार्यमा अत्याधिक रकम खर्च भैरहेको र संस्थान संग पर्याप्त पूँजी नहुदाँ सोको Renovation /Replacement हुन नसक्दा संस्थानमा थप आर्थिक भार परिरहेको।
  • निजी क्षेत्र संग प्रतिस्पर्धा गरि कच्चा दूध संकलन तथा वजारिकरण गर्नु पर्ने भएको र साविकको संकलन तथा वजार मात्र अव पर्याप्त नरहेकोले नयाँ सम्भावित Potential क्षेत्रहरु पहिचान गरि संकलन तथा वजारीकरणको दायरा फराकिलो गर्नुको साथै पहुँच वाहिरको संकलन क्षेत्रहरु जस्तै मध्यपाहाडि तथा हुलाकी राजमार्ग, वुटवल, सुर्खेत, पोखरा तथा नेपालगंज र धनगढी क्षेत्र आसपासका जिल्लाहरुमा संस्थानको मौजुदा संयन्त्रको विकास / क्षमता अभिवृद्धि गरि व्यवसाय/करोवार विस्तार गर्न आवश्यक देखिएको।

 

 

नयाँ उत्पादन लन्चः चकलेट फ्लेभर्ड फ्रेस मिल्क २०० एम एल वोटल

 

दुग्ध विकास संस्थान
केन्द्रीय कार्यालय
लैनचौर काठमाण्डौं।

 

 


 

 

४ बर्ष अगाडि

प्रतिक्रिया