काठमाडौं – आज नेप्से १५ दशमलव ८५ अंकले बढेर १ हजार २ सय ७४ दशमलव ८६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८६ अंकले बढेर २ सय ७४ दशलमव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १९० कित्ता शेयर खरिदबिक्री भई ४२ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ११ वटै उपपरिसुचकहरुमा ९ वटा समूह बढेका छन् भने दुई वटा समूह घटेका छन् ।
प्रतिक्रिया