काठमाडौं - प्रहरी कार्यालयमा यतिखेर ‘सिरिन्ज आक्रमण’को उजुरी रोकिएको छ। तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने ‘सिरिन्ज फोबिया’का बिरामी दैनिकजसो उपचारका लागि पुगिरहेका छन्। प्रहरीले युवतीमाथि तीखो वस्तु प्रहार गर्ने व्यक्तिलाई असारको दोस्रो सातामै पक्राउ गरी कारबाही गरिसकेको छ। त्यही समयतिर बनेपामा युवतीले युवतीलाई सिरिन्जले घोचेको घटना सार्वजनिक भएको थियो। त्यसमा संलग्न रहेको आशंकामा पक्राउ परेकी युवतीलाई कुनै घटना गराएको आधार नभेटिएको भन्दै छाडिएको थियो।
पछिल्लो समय सिरिन्ज आक्रमणबारे उजुरी नआएको प्रहरीले जनाएको छ। अस्पतालमा भने दैनिकजसो सिरिन्ज आक्रमण भयो भन्दै युवायुवती उपचारमा पुग्ने क्रम नरोकिनुलाई आश्चर्यजनक रूपमा हेरिएको छ। टेकु अस्पतालअन्तर्गतको अनुसन्धान एकाइका संयोजक डा. शेरबहादुर पुनका अनुसार सिरिन्ज आक्रमण भयो भन्दै दैनिक दुई/तीनजना अस्पताल आइरहेका छन्। उनीहरूले घोचेको भागमा कुनै खतरा भए÷नभएको जानकारी र औषधि माग गर्ने गरेको डा. पुनको भनाइ छ। नागरिक दैनिकमा खबर छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।