खुसीबारे यी रोचक तथ्यहरु

४ बर्ष अगाडि

एजेन्सी – खुसी हुनु सबैको चाहाना हो । अनुसन्धानबाट प्रमाणित तलका तथ्यहरुबारे जानकारी मात्रले पनि तपाईलाई खुसी हुन प्रेरित गर्नसक्छ ।

१.खुसी सरुवा हुन्छ 
रुघाजस्तै खुसी पनि छेउछाउका मानिसहरुमा सजिलै सर्छ । सन् २००८ को एक ब्रिटिस अध्ययनअनुसार वयस्कहरुमाझ हुर्किएका बच्चा ठूलो भएसी बढी खुसी हुन्छन् । त्यति मात्र होइन, सकारात्मक सोच भएका साथीहरुसँग रहँदा तपाईको डिप्रेसन पनि कम हुन्छ । 

त्यसैले यदि तपाई आफ्नो मुड सुधार्न चाहनुहुन्छ भने आफू वरिपरिको मानिसहरुलाई ख्याल गर्नुस् । खुसी साथीहरुको संगत तपाईले नै फाइदाजनक हुन्छ । 

२.यत्तिकै मुस्कुराउँदा पनि खुसी बढ्छ

 तनावमा, दुःखमा र डरमा मुस्कुराउने कुरा अनौठो लाग्न सक्छ । तथापि सन् १९९८ मा जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजीको एक अध्ययनले अनुहारको भावले मुडलाई असर गर्ने देखाएको थियो । अध्ययनमा सहभागीहरुमध्ये जसले मुहारमा सकारात्मक भाव ल्याए तिनको मुडमा पनि त्यस्तै सकारात्मक परिवर्तन देखियो । त्यसैले आफ्नो अनुहारको भावमा होस् गर्नुस् । यदि तपाई तनाव महसुस गरिरहनुभएको छ अथवा उदास हुनुहुन्छ भने समय समयमा अनुहारमा सहज मुस्कान ल्याउँदा ती नकारात्मक भावना कम हुन्छ । 

३.खुसीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ  
खुसीले अनुहारमा चमक ल्याउने र मुड ठिक गर्ने मात्र होइन, अध्ययनले  हाम्रो शारीरिक स्वास्थलाई पनि फाइदाजनक हुने देखाएको छ । माइकोसोम्याटिक मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धानले बढी सकारात्मक सम्वेदना भएका मानिसहरुलाई रुघाले कमै छुने व्याख्या गरेको छ । यस्तो महँगो औषधीको काम गर्ने यस्तो महत्वपूर्ण खुसी बढाउन समय समयमा आफैं बहाना खोज्न थाल्नुहोस् ।  

४.अरुलाई खुसी बनाउँदा आफ्नो पनि खुसी बढ्छ  

खुसी यस्तो चीज हो जुन अरुसँग बढ्दा झन् बढ्ने गर्छ । हफिंगटन पोस्टमा प्रकाशित एक आलेखअनुसार आफूलाई खुसी पार्ने सबैभन्दा छिटो तरिका भनेको अरुलाई खुसी बनाउने हो । सोही लेखले कयैन अध्ययनहरुले अरुलाई दान दिने मानिसहरुले तत्कालै खुसी महसुस गर्ने गरेको देखाएको उल्लेख गरेको छ । यस्तो अवसरमा दिमागले आफू उपयोगी हुन सकेकोमा सन्तुष्ट महसुस गर्छ । र यही सन्तुष्टिको भावले खुसी बढाउँछ । 

५.आँशिक रुपमा खुसी वंशानुगत हुन्छ  

तपाईले दैनिक जीवनमा यस्ता कयैंन मानिसहरु भेट्नुहुन्छ जो यत्तिकै पनि दुःखी देखिन्छन् । त्यस्तै अर्का थरी मानिसहरु भने अफ्ठ्याराहरुबीच पनि खुसी रहिरहेका हन्छन् । उनीहरुबाट खुसी हुने कुराको पूर्ण नियन्त्रण हामीमा नरहेको देखिन्छ ।

मिनिसोटा विश्वविद्यालयका अनुसन्धानदाताहरुले गरेको अध्ययनले मानिसहरुको खुसीमा व्यक्तिको वशांणुगत असर पार्ने समेत देखाएको छ । दुई जोडी आइडेन्टीकल ट्वीन्स९लगभग समान गुण भएका जुम्ल्याहा०मा अध्ययन गर्दा उनीहरुले कुनै पनि समयमा जुम्ल्याहाको खुसीको आधा जिनसँग सम्बन्धित भएको पाए । 

६.फुलको सुगन्धले खुसी बढाउँछ  

एक अध्ययनमा रुट्गर्स विश्वविद्यालयका अनुसन्धानदाताहरुले फुलको बास्ना सुँघ्दा मानिसको खुसी हुने सम्भावना तीन गुणाले बढेको पाए । यसैले अर्कोपटक तपाईलाई अरु कुराले खुसी बनाउन सकिरहेको छैन भने आफ्नो घरपछाडिको फुलबारीमा पो जाने कि । 

७.पैसाले भन्दा सम्बन्धले बढी खुसी दिन्छ  

हाम्रो समाजमा अक्सर भनिन्छ कि पैसाले खुसी किन्न सकिदैंन । अध्ययनले यो कथनलाई सही देखाएको छ । जर्नल अफ सोइसो–इकोनोमिक्सले गरेको एक अध्ययनले मानिस आफूलाई मन परेको सम्बन्धमा रहँदा १ लाख डलर कमाएको भन्दा बढी खुसी भएको पाइएको थियो । पैसाले खुसीनै नबनाउने भने होइन । प्रारम्भमा पैसाले किनेको सामाग्रीहरुले खुसी बनाउँछ तर एउटा बिन्दुपछि थपिँदै गएको पैसाले भने बढाउँदैन ।

८.तपाईलाई मन पर्ने रंगले तपाईको मुड बताउँछ  

सन् २०१० मा बीएमसी मेडिकल रिसर्च मेथोडोलोजीमा प्रकाशित एक अध्ययनले उज्यालो रंग र खुसीबीच सम्बन्ध देखाएको छ । यो अझ बढी पहेँलो रंगको सन्दर्भमा सही देखिन्छ । खुसी मानिसको पहिलो रोजाईनै पहेँलो रंग हुने गरेको पाइएको छ । त्यस विपरित फुस्रो खरानी रंग एन्जाइटी र डिप्रेसनसँग जोडिएको पाइएको छ ।

९.खुसीले पीडा कम गर्न सहयोग गर्छ 

खुसीले पेन किलरको जस्तो पनि काम गर्छ भन्दा अचम्म लाग्न सक्छ । तर सन् २००५ मा आर्थराइटिस र दीर्घ रोगबाट पीडित महिलाहरुमा गरिएको एक अध्ययनमा यस्तो पाइएको थियो । जर्नल अफ कन्सल्टिङ एण्ड क्लिनिकल साइकोलीमा प्रकाशित उक्त अध्ययनका अनुसार खुसी, उत्साह, आशाजस्ता सकारात्मक सम्वेदना महसुस गर्नेहरुले कम पीडा महसुस गरेको देखिएको थियो ।

१०.खुसी व्यक्ति सफल हुन्छन्  

हाम्रो समाजमा सफलताले खुसी बनाउँछ भन्ने सोच व्याप्त छ । तर ‘द हाउ अफ ह्याप्पिनेस’का लेखक सोन्जा ल्युबोमिरस्कीले यथार्थ यसको उल्टो भएको बताएका छन् । अर्थात खुसीले चाँही सफलता निर्माण गर्छ । उनका अनुसार खुसी मानिसहरु आत्मविश्वास, आशावादी, उत्साही र समाजिक हुन्छन् । र यी कुरा सफल हुनको सबैभन्दा आवश्यक गुणहरु हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया