गुरु पूर्णिमाको अवसरमा रक्तदान

४ बर्ष अगाडि

काठमाडौँ – गुरु पूर्णिमाको अवसरमा श्यामाश्यामधाम थिमिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर रेडक्रसको सहयोगमा आयोजित  रक्तदान कार्यक्रम मा ४९ जनाले रक्तदान गरेका छन् ।

तीन दिवसीय उक्त कार्यक्रममा राधामाधव समितिअन्तर्गतको विद्वत् समाजका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले मानव सेवाश्रमका संयोजक रश्मि आचार्यलाई पाँच थान पलङ र दश थान बिछ्यौना प्रदान गर्नुभयो ।

सोही अवसरमा पशुपतिनाथ मन्दिरको रुद्रगाडेश्वरस्थित कृपालु वाटिकामा सरसफाइ गरिएको राधामाधव समितिका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी दिनुभयो । 

समापन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले यस पर्वले सबैलाई असल नागरिक बनाउन योगदान पु¥याउनाका साथै सबै गुरु तथा आध्यात्मिक उत्थानका लागि  मार्गनिर्देश गर्नुभएका जगद्गरु श्रीकृपालुजी महाराजजस्ता गुरुप्रति श्रद्धा व्यक्त गर्नाका साथै उहाँहरूका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । 

थिमि नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मध्यकर्र्मीलगायत स्थानीय जनप्रतिनिधि र  समाजसेवीका साथै एक हजार २०० भन्दा बढीे साधक–साधिकाको सहभागिता रहेको सो कार्यक्रममा विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाल, मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्म पौडेलले र गुरु पूर्णिमाका विविध विषयमा चर्चा गर्नुभएको थियो  ।  

कृपालु महाराजका नेपाली प्रचारक स्वामी हरिदासको संरक्षकत्वमा उक्त श्यामाश्यामधाम स्थापना गरिएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया