प्राधिकरणको अध्यक्षमा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वका खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष छान्न समिति गठन गरेको थियो ।प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिए पनि उनीहरुको लिखित र मौखिक परीक्षा र कार्ययोजना सहितको प्रस्तुतिका आधारमा तीनजनाको नाम अध्यक्षका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो ।

समितिले सिफारिस गरि सरकार समक्ष पेश गरेका नाममा हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेका छन् । यी तीनमध्ये मन्त्रिपरिषदले एकजनालाई प्राधिकरणको अध्यक्षमा चार वर्षका लागि नियुक्त गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया