बस र पिकअप भ्यान एकापसमा ठोक्किदा  दुई जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौँ – मोरङको पथरी शनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठोक्किदा  दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा  सवार  नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेको  एक नं . प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई  ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । 
एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर,मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया