बुद्धको मूर्ति तोडफोड प्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण

४ बर्ष अगाडि

काठमाडौँ – रुपन्देही जिल्लाको सिद्धार्थ राजमार्गमा राखिएका  बुद्धको मूर्तिहरु तोडफोड प्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलले उक्त  ध्यानाकर्षण गरेको हो ।

दलले विश्वमा नेपाललाई चिनाउने अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो भन्दै यसमा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्ति

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड गरेको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो । यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ । यस घटनाको सत्यतथ्य छानविन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दल माग गर्दछ । 

जय नेपाल !

बालकृष्ण खाण
प्रमुख सचेतक
 

४ बर्ष अगाडि

प्रतिक्रिया