पाँच श्रीलङ्काली नागरिकलाई देश निकाला : यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

४ बर्ष अगाडि

काठमाडौँ –  सरकारले गैरकानूनी रुपमा नेपाल बसेका ५ जना श्रीलङ्काली नागरिकलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना सहित देशनिकाला गर्ने निर्णय गरेको छ ।

गत असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

बैठकले नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी ९ अठारौं संशोधन नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

बिद्युतीय बस खरिदका लागि दिइएको अनुदानबारे बोल्दै मन्त्री बास्कोटाले काठमाडौंको ट्राफिक व्यवस्थापन अप्ठेरो भएकोले सो निर्णय गरिएको बताए ।
प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।
प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुख मध्येबाट कम्तीमा तीन जना महिला सहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया