धनगढी। धनगढीमा विहीबार बेलुका बम बिस्फोट भएको छ । स्थानीय शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।
बम विष्फोटमा परी केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए । यद्यपि उनीहरुको खेगाना खुलेको छैन । पाण्डे होटल सञ्चालक भएको बताइएको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको उनीहरुको अवस्था गम्भीर छ ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।