काठमाडौं– नेत्र विक्रम चन्द्र विप्लव समूहले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।
सञ्चारमाध्यममा घटनामा विप्लव समूहको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव समूहले यस्तो दाबी गरेको हो ।
धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका थिए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।