नेपालीले सिकून्, जब २५ सेकेण्ड अगाडि रेल छुट्यो !

५ बर्ष अगाडि


नेपालमा कहिले पनि गाडी समयमा छुट्दैन । चाँडो हुने त कुनै छाडौं । तर जापानमा यस्तो भएको छ, एक जापानी रेल कम्पनीले आफ्नो एक रेलले २५ सेकेण्ड चाडोँ स्टेशन छाडेपछि माफी मागेको छ । केही महिनाभित्र भएको यो दोश्रो घटना हो ।
रेल संचालकले क्षमायाचना पत्र जारी गर्दै भनेका छन् “यसले हाम्रो ग्राहकमाथि परेको ठूलो असुविधा क्षमायोग्य छैन ।”
केही महिना अघि नोभेम्बरमा अर्को एक ट्रेन २० सेकेण्ड अघि स्टेशन छाडेको थियो । त्यो बेला पनि यस्तै क्षमा मागिएको थियो ।
रेल संचालकले क्षमायाचना मागेको यो खबरको विश्वभरी समाजिक संजालमा अचम्म मानेर चर्चा भइरहेको छ ।
जापान टुडेको अनुसार शुक्रबार एक रेलका कण्डक्टरले नाटोगवा स्टेशनबाट आफ्नो रेल ०७ः११ मा निस्कने समय तालिका भएको सोचेका थिए । तर खासमा रेल छुट्ने समय तालिका ०७ः१२ मा थियो ।
रेलको ढोका एक मिनेट अघिनै बन्द गरेपछि मात्र उनलाई आफ्नो गल्तीको ज्ञान भयो, उनलाई आफ्नो यस गल्तीमा लज्जा बोध भयो । र केही सेकेण्ड उने रोके पनि ।
तर प्लाटफर्ममा कुनै यात्रुहरु नदेखेपछि उनले रेल अघि बढाउने सोचे र समय तालिकभन्दा चाडै निस्किए । स्टेशनबाट रेल समय तालिका भन्दा २५ सेकेण्ड चाडैं निस्किएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया