शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीमा अब के–के थपियो शक्ति ?

५ बर्ष अगाडि

काठमाडौं– एमाले–माओवादी पार्टीको एकीकरण भएको छ । बिहीबार राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुबै पार्टी एकीकरण गरी नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी बनाएको घोषणा गरिएको हो । 
त्यसअघि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिइएको थियो ।
४४१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको नयाँ पार्टी अब नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी भएको  छ ।
अव यो पार्टी गत निर्वाचनमा पाएको मतको आधारमा ४५ लाख मतदाता भएको पार्टी बनेको छ भने १७५ निर्वाचन क्षेत्रमध्ये ११६ स्थानमा प्रत्यक्ष निर्वाचन जितेको पार्टी भएको छ । त्यस्तै प्रतिनिधिसभामा रहेको २७५ सिटमध्ये यो पार्टीको मात्रै १७५ सिट भएको छ । त्यसैगरी राष्ट्रियसभाका ५९ सिटमध्ये यो पार्टीको पक्षमा ४२ सांसद रहेका छन् ।
सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यो पार्टीको सरकार र ७५३ स्थानीइ निकायमध्ये ४५ प्रतिशत यो पार्टीले निर्वाचन जितेको हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया