'विप्लब' समुहद्धारा भोलि बन्द घोषणा !

४ बर्ष अगाडि

काठमाडौँ – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीका प्रवक्ता खड्गबहादुर विकले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा साउन ११ गते प्रचार प्रसार, १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकारबाही कारबाही, १४ गते मसाल जुलुस गर्ने उल्लेख छ ।

यस्तै १५ गते बागमति, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको छ । विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको आरोप लगाइएको छ । विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया