बुटवलमा थारु संग्रहालय

साउन १९, २०७६ | आजको अर्थ
ajaako_artha

बुटवल– बुटवलमा थारु बस्ती निकै कम छ । तर बुटवलमा आसपासका नगरपालिका थाको बस्ती सहज रुपमा भेट्टाउन सकिन्छ । बुटवल उपमहानगरपालिकाले थारु समुदायको संस्कृति झल्किने संग्रहालय बनाउने भएको छ  । देशका विभिन्न ठाउँमा थारु संस्कृति संरक्षणको लागि अभियान चलिरहेका बेला बुटवलमा संग्रहालय बनाउने तयारी भएको हो ।

उपमहानगरले मोतिपुरको सौरहीया नजिकैको नदी उकास जग्गामा रहेको करिब पाँच बिगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर जग्गामा यस्तो संग्रहालय बनाउने तयारी गरिरहेको प्रमुख शिवराज सुवेदीले बताए ।

अहिले संग्रहालयका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउने काम भइरहेको छ । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।

संग्रहालयमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्रीहरु राखिने छ । रुपन्देहीको धेरै थारु समुदाय रहेको क्षेत्रका रुपमा मोतिपुरलाई पनि लिइन्छ ।

डीपीआर बनाइरहेको परामर्शदाता कम्पनी रिप्पल ट्रेनिङ एण्ड कन्सल्टेन्ट सर्भिसेस प्रालि काठमाडौंका प्राविधिक र बुटवल उपमहानगरपालिकाका प्राविधिकलाई लिएर मोतिपुरमा पुगेका प्रमुख, उपप्रमुखसहितको टोलीले समुदायको सुझाव संकलन गरेको छ ।

डीपीआरको पहिलो चरणको काम सकेर मस्यौंदासहित प्रस्तावित स्थलमै पुगेर समुदायको सुझाव संकलन गरिएको र महत्वपूर्ण सुझावहरुले संग्रहालयको डीपीआरलाई अन्तिम रुप दिन सहयोग पुग्ने प्रमुख सुवेदीले बताए । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजाउने, थारू गाउँको झल्को दिने परम्परागत घरहरु बनाइने, कोठा र देउता राख्ने ठाउँ पनि तयार पारिने छ ।

थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरेर त्यहाँ राखिने उपप्रमुख गुमादेवी आचार्यले बताइन् । संग्रहालयमा बडघर, इनार, डिउहार, बगैंचा, माछा पोखरी, कृषिका परम्परागत उपकरण, सांस्कृतिक झल्को दिने प्रदर्शनी कक्षसमेत राख्नेगरी डिजाइन बनाउन प्राविधिकलाई सुझाव दिइएको उपप्रमुख आचार्यले बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, इन्जिनियर रुक्माङ्गत अर्याल, परामर्शदाता कम्पनीका वास्तुविद् तथा शहरी योजनाकार मधुसुधन बराल र इन्जिनियर आयुष भण्डारीलगायतले संग्रहालयका बारेमा समुदायको सुझाव लिएका थिए । सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइने र संग्रहालयको लागत समेत अनुमान गरिने भएको छ ।

पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण हुन नसकेको अवस्थामा बुटवलले उदाहरणीय कामको थालनी गरेको थारू समुदायका अगुवाहरुले गोविन्द चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७