९८ अर्ब ९१ करोड तरलता बजारमा

५ बर्ष अगाडि
 
बैंकिङ प्रणालीमा गत वर्ष भन्दा यो वर्ष तरलता समस्या बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको (२०७४÷७५) नौ महिनामा झण्डै ९९ अर्ब रुपैयाँ  तरलता (लगानी योग्य रकम) बैंक तथा वित्तिय संस्थामा पठाएको छ ।  केन्द्रिय बैंक गत वर्षको यसै अवधिको तुलनामा  ३७ अर्ब ९१ करोड रुपैयाँले बढी तरलता प्रवाह गरेको हो । बैकले ९८ अर्ब ९१ करोड तरलता बजारमा पठाएको हो । बैंकले ब्याजदर करिडोर अन्र्तगत १४ दिने रिपो बोलकबोल मार्फत   ६१ अर्ब ६२ करोड र सोझै खरिद बोलकबोल मार्फत ३७ अर्ब ९ करोड रुपैयाँ गरी ९८ अर्ब ९१ करोड रुपैयाँ बजारमा पठाएको हो ।  गत वर्ष ६१ अर्ब तरलता प्रवाह भएको थियो ।
५ बर्ष अगाडि

प्रतिक्रिया