पार्टी एकतासँगै केपी ओली र माधव नेपालसँग झलनाथ बने फायर

५ बर्ष अगाडि

काठमाडौं– तत्कालिन एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरियता तलमाथि पारिएको भन्दै असन्तुष्टि जनाएका छन् । 
एमाले र माओवादी केन्द्रबीच एकता हुँदा चीन भ्रमणमा रहेका खनालले आइतबार स्वदेश फर्किएलगत्तै अध्यक्ष केपी ओली र नेता माधव नेपालको रवैयाप्रति असन्तुष्टि जनाएका हुन् । 
एकता प्रक्रियाबाट बनेको नेकपाको वरियतामा दुई अध्यक्षपछि माधव नेपाललाई राखिएको छ । 
‘म पार्टीको महाधिवेशनबाट वरिष्ठ नेता चयन भएको हो ।अहिले म नभएको मौका पारेर मलाई नरोधी वरियता तलमाथि गरिएको छ । यसमा मेरो आपत्ति छ’,  खनालले भने । ‘यदी यहि गर्नुथियो भने मेरो उपस्थितिमा गर्नुपथ्र्यो। ममलाई छलेर गर्ने ?’
कान्तिपुर दैनिकमा खबर छ  । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया