वास्तुशास्त्रअनुसार यी दिशा तर्फ फर्किएर खाना पकाउदा हुन्छ: धनहानिका साथै यस्तो नोक्सान

४ बर्ष अगाडि

एजेन्सी – बस्तुशास्त्रमा घरको सब भन्दा मुख्य भाग भान्छाघरलाई मानिन्छ। घरमा हुने बिमारी र समस्याका कारण किचेनसंग जोडिएको वास्तुदोष हुन् सक्छ। तपाई कुन दिशामा फर्किएर खाना बनाउनुहुन्छ र कता फर्केर खानु हुन्छ भन्ने कुरामा निर्भर रहन्छ। यदि वास्तुशास्त्रसंग जोडिएको यी कुरालाई ध्यान दिएमा वास्तुदोषबाट छुटकारा पाउन सकिन्छ।

 उत्तर दिशा तर्फ फर्किएर खाना पकाउनाले व्यवसाय घाटामा जान सक्छ । साथै धन सम्पति नोक्सानी पनि भोग्नु पर्ने हुन्छ । ,दक्षिण-पश्चिम दिशा तर्फ फर्किएर खाना बनाउदा घरको सुख शान्ति भङ्ग हुन्छ । घरमा लडाई झगडा हुने सम्भावना बढ्छ ।

पश्चिम दिशा तर्फ फर्केर खाना बनाउदा घरका सदस्यको अनुहार र हड्डी सम्बन्धि रोग हुने डर हुन्छ । दक्षिण दिशा पट्टि फर्किएर खाना पकाउदा घरका महिलाहरुले अनेकौ शारीरिक समस्या भोग्नु पर्ने हुन्छ ।वास्तुशास्त्रअनुसार घरमा सुख शान्ति बचाई राख्न र रोगहरुबाट बच्नको लागि पुर्व दिशा तर्फ फर्केर खाना बनाउनु उत्तम मानिन्छ ।

किचेनको झ्याल यदि पुर्व दिशा पट्टि छन् भने वास्तुशास्त्र अनुसार एकदम राम्रो मानिन्छ । ननुहाईकन खाना पकाउनु हुदैन सकेसम्म खानु पनि हुदैन । यसो गर्नाले बिरामी हुने खतरा बढ्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया